onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

नेवा: देय् दबू बर्दियाको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा मोहनलाल श्रेष्ठ

Sambad ADD long

बर्दिया : ‘भाषा र संस्कृतिको जगेर्ना गर्दै नेवा: पहिचान जोगाऔं’ भन्ने नारा सहित नेवार समुदायको स्वतन्त्र संस्था नेवा: देय् दबू अर्थात् नेवार राष्ट्रिय संगठनको बर्दिया जिल्ला भेला तथा तेस्रो अधिवेशन बढैयाताल गाउँपालिकाको शितलाबजारमा सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै अधिवेशनका प्रमुख अतिथि बढैयाताल गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठले कला संस्कृतिको संरक्षणमा नेवारी जातिको महत्त्वपूर्ण योगदान रहेको बताउँदै नेवा: समुदायको नयाँ पुस्तालाई नेवा: संस्कृतीको विषयमा जानकारी गराउन नसक्दा कयौ सस्कृतिहरु लोप हुने अवस्था रहेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष श्रेष्ठले नयाँ पुस्ताहरुलाई सो बारे जानकारी गराउनु पर्ने बताउनु भयो । अध्यक्ष श्रेष्ठले बर्दिया जिल्ला बहुजातिय जिल्ला भएकाले जिल्लाको विकासमा आदिबासी जनजातिहरुबाट संस्थागत रुपमा महत्वपूर्ण योगदान पुग्दै आएको बताउनु भयो । बर्दियाको पहिचान विविध जातिय संस्कृति भएकाले जातिय संस्थाहरु अझ सकृय बन्दै जानुपर्नेमा बढैयाताल गाउँपालिका अध्यक्ष श्रेष्ठले जोड दिनुभयो ।

सम्पन्न अधिवेशनले बढैयाताल निवासी मोहनलाल श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति गठन भएको छ । समितिको उपाध्यक्षमा चमेली श्रेष्ठ र बिश्वमान प्रधान, सचिवमा इश्वर श्रेष्ठ र संगीता श्रेष्ठ चयन हुनु भएको छ । नवगठित समितीलाई निवर्तमान अध्यक्ष शुक्रकुमार श्रेष्ठले शुभकामना दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भयो । नवनिर्वाचित अध्यक्ष मोहनलाल श्रेष्ठले बर्दिया जिल्लामा बसोबास गर्ने नेवार समुदायको हकहितको लागि आफू लागि पर्ने बताउनु भयो । कार्यक्रममा बर्दिया जिल्लाका सबै स्थानिय तहबाट प्रतिनिधित्व हुने गरि समिती गठन गरिएको समाजसेवी अंगद श्रेष्ठले जानकारी दिनु भयो ।

नेवारी समुदायको हकहित भाषा-भेषभुषा कला संस्कृति, रितिरिवाजलाई जगेर्ना गर्नको लागि समिति गठन गरिएको नेवा: देय् दबू बर्दियाको संस्थापक अध्यक्ष इन्द्र कुमार श्रेष्ठले बताउनु भयो । नेवाः देय् दबू नेवार समुदायको देशभरीका जिल्लाहरुमा शाखा सञ्जाल भएको संगठन हो । नेवार समुदायको भाषा, संस्कृति, इतिहासको क्षेत्रमा दबूले विभिन्न कार्यक्रम गर्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.