onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

टेलिकमको लापरवाहीले सास्ती भोग्दै पर्यटक

Sambad ADD long

बर्दिया : नेपाल टेलिकमले बिग्रिएका सोलार ब्याट्रीहरूको मर्मत नगर्दा पर्यटकीयस्थल बर्दिया राष्ट्रिय निकुञ्जमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूले समस्या भोग्नुपरेको छ । ठाकुरद्वारा क्षेत्रमा रहेको नेपाल टेलिकमको टावरमा विद्युत आपूर्ति बन्द हुँदा मोबाइल, ल्यान्डलाइन फोन तथा इन्टरनेट प्रयोग गर्न समस्या भएको पर्यटकहरू बताउँछन् ।

टेलिकमको टावरमा प्रयोग गरिएको सोलार ब्याट्री बिग्रिएका कारण र व्याकअप नहुँदा नेटवर्कमा समस्या भएको हो । विद्युत आपूर्ति नियमित नभएका कारण नेटवर्कमा समस्या आउँदा पर्यटकहरूले फोन तथा इन्टरनेटको प्रयोगमा समस्या झेल्नु परेको पर्यटन विकास मञ्चका अध्यक्ष मोहन चौधरीले बताउनुभयो ।

बिजुली भएको बेला नेटवर्क आउने र बिजुली जाँदा नेटवर्क जाने भएकाले विद्युत आपूर्ति नियमित नहुँदा र टेलिकमले बिग्रिएका सोलार ब्याट्री समयमा मर्मत नगर्दा लामो समय बस्ने गरी आएका पर्यटकले बसाइ छोट्याउने गरेका छन् । यसका कारण व्यवसायमा नकारात्मक प्रभाव परेको पर्यटन व्यवसायीहरूले गुनासो गरेका छन् । बिग्रिएका सोलार ब्याट्री तत्काल मर्मत गर्न स्थानीयले मागसमेत गरेका छन् ।

Leave A Reply

Your email address will not be published.